जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • इन्फ्रास्ट्रक्चर बैंकले भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई दियो ५० लाख

इन्फ्रास्ट्रक्चर बैंकले भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई दियो ५० लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सहयोग रकमको चेक संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, विनयनाथ न्यौपाने लगायत पदाधिकारी तथा संस्थाका तर्फबाट भुवन दाहाल लगायत पदाधिकारी उपस्थिति थिए।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्नेगरी काठमाडौंको बुढानिलकण्ठमा बाल अस्पताल बनाउँदैछ।

2695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका