जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनबि बैंकको सेयरधनी आइएफआइसीको सेयर ६ अर्ब १८ करोडमा डिल: मुद्दाकै बीच मूल्य सार्वजनिक

एनबि बैंकको सेयरधनी आइएफआइसीको सेयर ६ अर्ब १८ करोडमा डिल: मुद्दाकै बीच मूल्य सार्वजनिक

नेपाल बंगलादेश (एनबि) बैंकको प्रमुख सेयरधनी ढाकाको आइएफआइसी बैंकले आफ्नो सेयर बिक्री गर्न लागेको विवरण सार्वजनिक गरेको छ।

आइएफआइसीले सारिका चौधरीलाई आफ्नो ४०.८९ प्रतिशत सेयर ६ अर्ब १८ करोड ७० लाख ७ हजार ५६८ रुपैयाँमा बिक्री गर्न लागेको जनाएको छ।

आफ्नो वेबसाइटमा सूचना राख्दै आइएफआइसीले राष्ट्र बैंकको स्वीकृतिपछि हस्तान्तरण गरिने भनेको छ। एनबि बैंकलाई ४३ रुपैयाँमा गाभ्नका लागि चौधरी समूहको प्रमुख लगानी रहेको नबिल बैंकले सम्झौता गरिसकेको छ।

आइएफआइसीले सारिका चौधरीलाई सेयर बिक्री गर्न लागेको सूचना जारी गर्नुअघि नै जिल्ला अदालतले ‘तत्काल खरिद बिक्री नगर्नू’ भनेर आदेश जारी गरेको छ। आदेश आएपछि मर्जर सहमति भएको थियो।

यो सेयर खरिदका लागि नेपालको दुगड समूह पनि लागि परेको थियो। उसैले मुद्दा हालेको थियो। मुद्दा किनारा नलाग्दै आइएफआइसीले सेयर खरिदबिक्री सम्झौता भएको भन्दै मूल्य सार्वजनिक गरिदिएको हो।

सारिका उद्यमी विनोद चौधरीकी श्रीमती हुन्। नबिलमा चौधरी समूहको बहुमत सेयर छ।

6600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?