जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बजेटमा बीमा क्षेत्रका लागि अहिलेसम्मकै राम्रो व्यवस्था, उत्साह थपिएको छ: सुर्य प्रसाद सिलवाल

बजेटमा बीमा क्षेत्रका लागि अहिलेसम्मकै राम्रो व्यवस्था, उत्साह थपिएको छ: सुर्य प्रसाद सिलवाल

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रको लागि अहिलेसम्मकै ऐतिहासिक बजेट आएको प्रतिकृया दिएका छन्। आर्थिक बर्ष २०७९/८० का लागि सरकारले संसदमा पेश गरेको बजेटमाथि संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । 

यस अगाडिका बजेटमा बीमालाई औपचारिकतामा मात्रै सिमित राखीने गरेकोमा यस पटकको बजेटमा धेरै कुराहरु समेटिएको उनले बताए। बजेटमा बीमा क्षेत्रको बारेमा गरिएका व्यवस्थाले सरकार बीमा प्रति धेरै सकारात्मक देखिएको उनको भनाई छ। 

आफुहरुले दिएका दुई दर्जन सुझावमा धेरै सुझावहरु बजेटमा सामेल भएकोमा खुसि व्यक्त गर्दै अध्यक्ष सिलवालले बजेटमा भएका व्यवस्थाले बीमा क्षेत्रमा धेरै उत्साह थपिएको बताए। 

“बजेटमा बीमाबारे भएका व्यवस्थालाई हेर्दा सरकारले बीमालाई आत्मसाथ गरेको संदेश गएको छ, सबैका लागि बीमा महत्त्वपूर्ण छ भन्ने सकारात्मक संदेश गएको छ” अध्यक्ष सिलवालले भने। 

बीमाबारे राष्ट्रिय नीति बनाउने, आयकर प्रयोजनका लागि बीमाको प्रिमियममा पाउने छुटको आकार बढाउने, लघुबिमाको व्यवस्था गरिने लगायतका कयौं बिषयहरु बजेटमा समेटिएकाले बजेट बीमा क्षेत्रको लागि अहिलेसम्मकै ऐतिहासिक छ भन्नेमा कुनै शंका नरहेको उनले बताए।  

7045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्