जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिइओ उपासनाले दिइन युनाइटेडबाट राजिनामा

सिइओ उपासनाले दिइन युनाइटेडबाट राजिनामा

बीमा क्षेत्रकी एक मात्र त्यसमा पनि पहिलो महिला प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पदबाट राजिनामा दिएकी छिन् । पौडेल २०७८ बैशाखामा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् । तर उनले १७ महिना मात्रै काम गरेर बाहिरिएकी छिन् ।

युनाइटेडमा प्रायः कुनै पनि प्रमुख कार्यकारी अधिकृतले पुर्ण कार्यकाल काम गरेको रेकर्ड छैन । प्रमुख कार्यकारी अधिकृतले छोटो समयमै राजिनामा दिने र अधिकांश समय एक्टिङ सिइओबाटै कम्पनी सञ्चालन हुने गरेको पाइन्छ । उनले आफ्नो आन्तरिक कारण देखाउदै राजिनामा दिएकी हुन् ।

पौडेललाई स्वदेशी बीमा कम्पनीबाटै राम्रो अफर आइरहेको बुझिएको छ । यस बाहेक उनलाई सिङ्गापुर लगायत अन्य देशका बीमा कम्पनीमा पनि काम गर्ने अफर आएकोले अहिलेसम्म उनले आफू कुन कम्पनीमा जाने भनेर निर्णय भने गरिसकेकी छैनन् । सञ्चार माध्यममा उनि हिमालयन रि इन्स्योरेन्स कम्पनीमा समेत अनुवन्धन हुन थालेको समाचार बाहिरिएको छन् । तर उनले अहिलेसम्म कुन कम्पनीमा जाने भनेर निर्णय बनाइसकेकी छैनन् ।

यदि प्रमुख कार्यकारी अधिकृत पदमै नियुक्त हुन चाहिन् भने उनलाई ६ महिनाको कुलिङ परियड लागु हुनेछ । तर पद घटाएर गइन भने उनलाई कुलिङ पिरियडको नियम लागु हुने छैन । ३५ वर्षकी उपासना बीमा क्षेत्रको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत, एक मात्रै महिला प्रमुख कार्यकारी अधिकृत र सबैभन्दा कान्छी प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । उनले भरतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल युनाइटेडको सिइओ हुनुभन्दा पहिला यूनाइटेडमै डेढ वर्षदेखि कार्यरत थिइन् । उनि १७ महिना सिइओ सहित करिव तीन वर्ष काम गरेर युनाइटेडबाट बाहिरिएकी छिन् ।

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका