जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेबोन अध्यक्षले लिए सपथ, अर्थमन्त्रीले भने- कसैको प्रभावमा नपरी काम गर्नुहोस्

सेबोन अध्यक्षले लिए सपथ, अर्थमन्त्रीले भने- कसैको प्रभावमा नपरी काम गर्नुहोस्

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले शुक्रबार अर्थमन्त्रीसँग सपथ लिएका छन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न आग्रह गरेका छन् । उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न समेत आग्रह गरेका छन् ।

‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी काम बाँकी रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईँ यसमा कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्णरूपमा प्रयोग गर्ने बताए ।

2985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका