जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्ता किन्दा १५% छुट, अफर इ-कमर्स साइटमा मात्रै लागू हुने

गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्ता किन्दा १५% छुट, अफर इ-कमर्स साइटमा मात्रै लागू हुने

गरिमा विकास बैंकका ग्राहकहरुले गोल्डस्टार जुत्ता खरिदमा विद्युतीय भुक्तानी गर्दा छुट पाउने भएका छन्।  

गोल्डस्टारको जुत्ता खरिद गर्दा गरिमा स्मार्टबाट भुक्तानी गर्ने ग्राहकहरुले १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। 

छुट योजना गोल्डस्टारको आधिकारिक इ-कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुने बताइएको छ। अफलाइन स्टोरबाट जुत्ता खरिद गर्दा यो अफर लागू नहुने बैंकले जनाएको छ। 

बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

6430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका