जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सरकारले दोस्रो पटक पठाएपछि राष्ट्रपति पौडेलले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

सरकारले दोस्रो पटक पठाएपछि राष्ट्रपति पौडेलले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।

तर, सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष जस्ताको त्यस्तै सिफारिस गरेसँगै मंगलबार भने जारी गरिएको हो । उक्त अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुनः राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । योसँगै अब सरकारले पठाएका आठ वटै अध्यादेश जारी भएको छ ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका