जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सीआईबीबाट छुटेपछि सिधै नर्भिक अस्पताल भर्ना भए उद्योगी अरुण चौधरी

सीआईबीबाट छुटेपछि सिधै नर्भिक अस्पताल भर्ना भए उद्योगी अरुण चौधरी

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेर बुधबार हाजिर जमानीमा छुटेका उद्योगी अरुण चौधरी फेरि अस्पताल भर्ना भएका छन् ।

बिहीबार पक्राउ परेसँगै चिरायु अस्पताल भर्ना भएका चौधरी शुक्रबार ग्राण्डी अस्पताल भर्ना भएका थिए । सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिनभित्र अनुसन्धान नसकिए थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी बुधबार हिरासतमुक्त भए । हिरासतमुक्त भए लगत्तै चौधरी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

‘सीआईबीबाट छुटेपछि उहाँ सिधै हाम्रो अस्पतालमा भर्ना हुनु भएको छ’ नर्भिक अस्पताल स्रोतले भन्यो, ‘अत्यधिक तनावका कारण उहाँमा एन्जाइटी, उच्च रक्तचाप लगायतका समस्या देखिएको छ । केही दिन अस्पतालमै राख्न चिकित्सकले सल्लाह दिएका छन् ।’

नर्भिक अरुणका माइला दाइ वसन्त चौधरीको अस्पताल हो ।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो । यस अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार फेरि थप म्याद मागेको थियो । तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनीहरु आज छुटेका हुन् ।

अदालतले उनीहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडि बाँकी अनुसन्धानको कार्य पूरा गर्न आदेश दिएको छ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका