जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नाफाभन्दा धेरै लाभांस पाएपछि सिद्धार्थ बैंकका शेयरधनी मख्ख

नाफाभन्दा धेरै लाभांस पाएपछि सिद्धार्थ बैंकका शेयरधनी मख्ख

सिद्धार्थ बैंकले बाड्न योग्य नाफाभन्दा धेरै लाभांस दिएपछि बैंकका शेयरधनी मख्ख परेका छन्। कम्पनीहरुको साधारणसभामा प्राय नकारात्क टिप्पणी गर्ने लगानीकर्ताले बिहीबार बैंकको १८औं वार्षिक साधारणसभामा प्रशंसा मात्रै गरेका थिए।

कतिपय लगानीकर्ताले बैंकको निक्षेप तथा कर्जा लगानी बढे अनुसार पूँजी पनि बढाउनु पर्ने भन्दै नगदमा भन्दा बोनस शेयरमा ध्यान दिन आग्रह गरेका थिए।

बैंकले गत आर्थिक वर्षको नाफा र सञ्चित मुनाफाबाट लाभांस दिएको थियो। लेखापरिक्षण प्रतिवेदन अनुसार बैंकको लाभांस बाँड्न योग्य नाफा एक अर्ब ७५ करोड रुपैयाँ छ।

बैंकले नाफाबाट १५.२६ अर्थात एक अर्ब ३५ करोड रुपैयाँ नगद लाभांस वितरण गरेको थियो। त्यस्तै चुक्ता पूँजीको १० प्रतिशत अर्थात ८८ करोड ८७ करोड रुपैयाँ बोनस शेयरको प्रस्ताव साधारणसभाबाट पारित गरेको छ।

बोनस शेयर सञ्चित मुनाफाबाट दिएको हो। बैंकले गत आर्थिक वर्ष प्रक्षेपित नाफाभन्दा लेखापरीक्षण पछि ५.४० प्रतिशतले बढेको जनाएको छ। बैंकले दुई अर्ब १४ करोड रुपैयाँको नाफा प्रक्षेपण गरेकोमा लेखापरीक्षण पछि दुई अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ।

व्याज खर्च प्रक्षेपण गरेको भन्दा १४.२६ प्रतिशतले घटेको बैंकले जनाएको छ। बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७७ करोड रुपैयाँ पुग्ने छ।

7560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका