जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सरकारले ८ सचिवको सरुवा गर्दा उद्योगमा राउतको ठाउँमा बुर्लाकोटी

सरकारले ८ सचिवको सरुवा गर्दा उद्योगमा राउतको ठाउँमा बुर्लाकोटी

सरकारले विभिन्न ८ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रशासनतर्फका चारसहित ८ सचिवको सरुवा गरेको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योग सचिव कृष्णबहादुर राउत निर्वाचन आयोग पुगेका छन्। आयोगमा कार्यरत महादेव पन्थलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। पन्थलाई अतिरिक्त समूहमा राखिएको छ।

मुख्यसचिव सुमनराज अर्यालका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयका मधुसुदन बुर्लाकोटीलाई उद्योग सचिवको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री कार्यालयका कमल पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा पठाइएको छ।

यस्तै वन र कृषि तथा खानेपानी र नेपाल ट्रष्टको कार्यालयका सचिवको जिम्मेवारी साटफेर गरिएको छ। वन सचिव राजेन्द्र प्रसाद मिश्रलाई कृषि विकास मन्त्रालयमा सरुवा गरी त्यहाँ कार्यरत डा. गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा पठाइएको छ।

यस्तै खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरी त्यहाँ कार्यरत रामआधार साहलाई खानेपानी मन्त्रालयमा ल्याइएको छ। बुर्लाकोटी र बज्राचार्यले ५ वर्षे कार्यकालका कारण आगामी असार तेस्रो साता अवकाश पाउँदैछन्।

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका