जोडिनुहोस
बुधबार, पुस १०, २०८१
बुधबार, पुस १०, २०८१
  • होमपेज
  • प्राइम कर्मशियल बैंकद्वारा राष्ट्र बैंकलाई चुनौती निक्षेप भन्दा कर्जा बढि सिडी रेसियो डरलाग्दोः राष्ट्र बैंक बेखबर ?

प्राइम कर्मशियल बैंकद्वारा राष्ट्र बैंकलाई चुनौती निक्षेप भन्दा कर्जा बढि सिडी रेसियो डरलाग्दोः राष्ट्र बैंक बेखबर ?

नेपालका २७ वाणिज्य बैंकहरुमध्ये प्राइम कर्मशियल बैंक लिमिटेडलाई राष्ट्र बैंकको कुनै निर्देशन लागु हुँदैन भन्दा अब चाहि फरक पर्दैन । राष्ट्र बैंक बिरुद्ध मुद्दा दायर गरेर जितेर सीइओ बनेका ७२ वर्षका नारायणदास मानन्धरलाई सबै कुरा गर्ने छुट राष्ट्र बैंकले दिएको हो भने यसको खोजी हामीले शुरु गरेका छौं । राष्ट्र बैंकको उमेरहदको निर्देशन बिरुद्ध अदालत पुगेर जागिर बचाएका सीइओ मानन्धरकै नालायकीपनका कारण बैंकले डिपोजिट भन्दा कर्जा बढि दिएर सीडी रेसियो ९८.१६ प्रतिशत पु¥याएर राष्ट्र बैंकलाई चुनैती दिँदै आएको छ भन्दा अब चाहि फरक पर्दैन । गर्भनर साब हेक्का होस् । कल डिपोजिटमा राष्ट्र बैंकलाई चुनौती दिँदै आएको यस बैंकले फेरि सिडी रेसियो कायम नगर्दै राष्ट्र बैंकलाई चुनौती दिँदै आएको छ भन्दा फरक पर्दैन ।

गर्भनर साब २७ वाणिज्य बैंकलाई एउटै कानून नियम लाग्ने हो कि प्राइम कर्मशियल बैंकलाई फरक हो ? प्राइम बैंकले जे गर्दा पनि राष्ट्र बैंक किन बेखबर झै बनेको छ यो चाहि अब खोजीकै विषय बनेको छ । जागिर बचाउन तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र सम्शेर जबराका भाइलाई विवाद भएको जग्गालाई अर्बै कर्जा दिएर विवादमा फस्दै आएको प्राइम कर्मशियल बैंक माथि तत्कालै छानवीन हुनु पर्दछ कि पर्दैन गर्भनर साब ?

प्राइम बैंकले निक्षेपभन्दा बढी कर्जा दिएको भेटिएको छ भन्दा अब फरक पर्दैन । प्राइम बैंकको माघ मसान्तसम्म निक्षेप १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेको छ भने बैंकले माघ मसान्तसम्म १ खर्ब ६२ अर्ब कर्जा दिएको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।
प्राइम कर्मशियल बैंकको निक्षेप माघ महिनामा मात्र ४ अर्ब ३२ करोडले घटेको छ भने कर्जा प्रवाह ५२ करोड रुपैयाँले बढेको छ । प्राइम बैंकको माघ मसान्तसम्म ९८.१६ प्रतिशत छ । अहिल राष्ट्र बैंकले ऋणपत्रलाई समेत सीडी रेसियोमा गणना गर्न दिएको कारण ९८.१६ प्रतिशत छ भन्दा फरक पर्दैन ।

वाणिज्य बैंकहरुले माघ महिनामा मात्र ११ अर्ब ९२ करोड रुपैयाँले कर्जा बढाएका छन् । यस्तै निक्षेप भने १३ अर्ब ४९ करोडले घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कर्जा निक्षेप अनुपात वाणिज्य बैंकको बढी देखिएको छ । निक्षेपभन्दा बढी कर्जा दिएपछि बैंकहरुको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेभन्दा बढी भएको हो । माघ महिनाको तथ्यांक अनुसार औसतमा २७ वटा वाणिज्य बैंकको सिडी रेसियो ९०.९० प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुले साउनदेखि माघसम्म मात्र ४ खर्ब ३४ अर्ब रुपैयाँले ऋण बढाएका छन् । यस्तै निक्षेप १ खर्ब ९ अर्बले मात्र बढेको छ ।

माघ महिनाको तथ्यांक अनुसार सिडी रेसियो कम हुने बैैंकमा ८२.७६ प्रतिशत रहेर वाणिज्य बैंक छ । यस्तै प्रभु ८४.१५ प्रतिशत छ । सानिमा,सिदार्थ,एनआईसी,नेपाल बैंक तथा नबिल बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा कम छ भन्दा फरक पर्दैन ।
माछापुच्छ्रे र लक्ष्मी बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा कम छ । ९० प्रतिशतभन्दा बढी सिडी रेसियो बढी हुने बैंकमा सिभिल, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डौं, सिटिजन्स बैंक रहेको भेटिएको छ । यि माथीका डाटा केलाउने हो भने प्राइम कर्मशियल बैंकको सबैभन्दा बढि सिडि रेसियो छ भन्दा फरक पर्दैन । यो वित्तिय विवरणको क्यान्सर रोग हो भन्दा अन्यथा नहोला गर्भनर साब ।

6700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका