जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देशमा निर्यातको थालनी

जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देशमा निर्यातको थालनी

स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।

जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरुको लोकप्रियता तथा माग विदेशमा समेत बढ्दै गएको छ । 

कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।

“उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाँका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ”, तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै शंकर गु्रपका अध्यक्ष शंकर लाल अग्रवालले भने, “यस संगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।”  

4590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका