जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • फाइनान्स कम्पनीहरुबीच पनि ब्याजमा भद्र सहमति: निक्षेपको ब्याज दर अधिकतम १०.३५ प्रतिशत तय

फाइनान्स कम्पनीहरुबीच पनि ब्याजमा भद्र सहमति: निक्षेपको ब्याज दर अधिकतम १०.३५ प्रतिशत तय

फाइनान्स कम्पनीहरुले पनि मंसिरबाट लागू हुने निक्षेपको ब्याजदरमा भद्र सहमति गरेका छन्। उनीहरुले एक समान ब्याज दर राख्ने भएका छन।

फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी श्रेष्ठले ब्याज दर १०.३५ प्रतिशत राख्ने सहमति बनेको जानकारी दिए। अहिले १७ वटा फाइनानस कम्पनी सञ्चालनमा छन्।

नेपाल राष्ट्र बैंकले औषत ब्याजको १० प्रतिशत मात्र तलमाथि गर्न पाउने ब्यवस्था गरेको छ। अहिले तरलता अभावले ब्याज बढाउने प्रतिस्पर्धा चलेको छ। 

फाइनान्स कम्पनीहरुले मंसिरबाट लागू हुने ब्याज दर मंगलबार पत्रपत्रिकामा सूचना जारी गरेर सार्वजनिक गर्दैछन्।

संघ अध्यक्ष तुलाधरले ब्याज बढाए पनि निक्षेप नआउने भन्दै बढाएर मात्र समाधान ननिस्कने बताए। उनले बाणिज्य बैंक र फाइनान्स कम्पनी बीच ब्याज खासै अन्तर नहुँदा पनि फाइनान्सको निक्षेप नखोसिएको भन्दै ब्याज बढाउनु भनेको बैंकबीचको विश्वासको संकट देखिएको रुपमा चित्रण गरे।

6815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका