जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रिलायबल लाइफ शत प्रतिशत दाबी भुक्तानी गर्न सफल, जीवन बीमा कोष ५ अर्ब माथि

रिलायबल लाइफ शत प्रतिशत दाबी भुक्तानी गर्न सफल, जीवन बीमा कोष ५ अर्ब माथि

रिलायबल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८० )को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ८९ करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड १० लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १० करोड माथि खुद नाफा गर्न सफल भएको छ । समिक्षा अवधिमा नाफामा ३४ दशमलव ७० प्रतिशतको वृद्धि देखिएको छ ।

२ अर्ब ८० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा १ अर्ब १८ करोड संचित छ । समिक्षा अवधिमा जगेडा कोष २९ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्तवपूर्ण जीवन बीमा कोष करिव ७० प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १५ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा र प्रति शेयर किताबी मुल्य १४६ रुपैयाँ ३८ पैसा छ ।

कम्पनीले शत प्रतिशत दावी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन् बाँकी दावी शिर्षकमा बाँकी रकम छैन।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका