जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनसीसी बैंकका ग्राहकलाई नारायणी अस्पतालमा विशेष छुट

एनसीसी बैंकका ग्राहकलाई नारायणी अस्पतालमा विशेष छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यसै क्रममा चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा यस बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । 

यस सम्झौता मार्पmत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिकअस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि,  सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।   

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ । 

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका