जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इसेवाको एकाउन्ट लिंकमार्फत भुक्तानी गर्दा उपहार, ३५० सीसीको मोटरसाइकल धादिङका निरजलाई

इसेवाको एकाउन्ट लिंकमार्फत भुक्तानी गर्दा उपहार, ३५० सीसीको मोटरसाइकल धादिङका निरजलाई

इसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापामगरले ३५० सीसीको मोटरसाइकल पाएका छन्।

इसेवाले भदौ २० देखि कात्तिक ३ गतेसम्म सञ्चालन गरेको मेगा लिंक मेनिया अफरमा निरजले मोटरसाइकल जितेका हुन्। इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरजलाई मंगलबार मोटरसाइकल हस्तान्तरण गरे।

गौतमले आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफर सार्वजनिक गर्ने बताए। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले लिइरहेका छन्।

इसेवाबाट टेलिफोन, इन्टरनेट, बिजुली, खानेपानीको महसुलदेखि विद्यालयको शुल्क र हवाईजहाजको भाडा लगायत करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?