जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • इसेवाको एकाउन्ट लिंकमार्फत भुक्तानी गर्दा उपहार, ३५० सीसीको मोटरसाइकल धादिङका निरजलाई

इसेवाको एकाउन्ट लिंकमार्फत भुक्तानी गर्दा उपहार, ३५० सीसीको मोटरसाइकल धादिङका निरजलाई

इसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापामगरले ३५० सीसीको मोटरसाइकल पाएका छन्।

इसेवाले भदौ २० देखि कात्तिक ३ गतेसम्म सञ्चालन गरेको मेगा लिंक मेनिया अफरमा निरजले मोटरसाइकल जितेका हुन्। इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरजलाई मंगलबार मोटरसाइकल हस्तान्तरण गरे।

गौतमले आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफर सार्वजनिक गर्ने बताए। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले लिइरहेका छन्।

इसेवाबाट टेलिफोन, इन्टरनेट, बिजुली, खानेपानीको महसुलदेखि विद्यालयको शुल्क र हवाईजहाजको भाडा लगायत करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका