जोडिनुहोस
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
  • होमपेज
  • प्रविधिको व्यापक प्रयोगले बैंकिङ्ग प्रणालीमा डरलाग्दो शंकास्पद कारोबार, २० वाणिज्य बैंक भित्र हजारौं हजार शंकास्पद कारोबारः राष्ट्र बैंक बेखबर ?

प्रविधिको व्यापक प्रयोगले बैंकिङ्ग प्रणालीमा डरलाग्दो शंकास्पद कारोबार, २० वाणिज्य बैंक भित्र हजारौं हजार शंकास्पद कारोबारः राष्ट्र बैंक बेखबर ?

नेपालका बैंक र वित्तिय संस्था भित्रैबाट शंकास्पद कारोबार हुन्छ भन्दा पत्याउन गाह्रो छ तर यो सत्य सावित हुँदैछ । यस वर्ष २० वाणिज्य बैंकहरुबाटै ५ हजार भन्दा बढि शंकास्पद कारोबार बैंकिङ्ग भएको भेटिएको छ । तर, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक कहाँ छ यो चाहि खोजीकै विषय बनेको छ । नेपाल राष्ट्र बैंकमा रहेको वित्तिय जानकारी इकाईले नै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमै उक्त कुरा उल्लेख गरिएको छ भन्दा अब फरक पर्दैन । हेक्का होस् ।

नियामकीय कडाइसँगै प्रविधिको व्यापक प्रयोगले बैंकिङ प्रणालीमा भइरहेको शंकास्पद कारोबार बाहिर आउन थालेको देखिन्छ । नियामकीय संयन्त्रहरुले नजिकबाट हेर्न थालेपछि शंकास्पद कारोबारको संख्या पहिलेभन्दा निक्कै बढेको भेटिएको छ । नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, वर्ष दिनमै शंकास्पद कारोबार गर्नेको संख्या शतप्रतिशत बढेको भेटिएको छ ।अघिल्लो वर्ष २ हजार ७८० वटा शंकास्पद कारोबार भेटिएकामा आर्थिक वर्ष २०२२÷२३ मा त्यो संख्या ५ हजार ९३५ पुगेको छ । इकाइ गठन भएर नियमित रुपमा प्रतिवेदन सार्वजनिक गर्न थालेको सात वर्ष भएको छ । यो सात वर्षमा शंकास्पद कारोबारको संख्या साढे ५ गुणाले बढेको देखिन्छ । कहाँ छ राष्ट्र बैंक ?

बैंक तथा वित्तीय संस्थाहरुले एउटा सीमा नाघेपछि कारोबारबारे इकाइलाई जानकारी गराउँछन् । उनीहरुले कुल १६ लाख ९८ हजार ३९८ वटा कारोबारको जानकारी गराएका थिए । त्यसमध्ये ५ हजार ९३५ वटा शंकास्पद कारोबार भेटिएको हो । नेपालको कुल कारोबार, सञ्जाल र कार्यक्षेत्रका आधारमा ठूलो हिस्सा २० वाणिज्य बैंकहरुको देखिन्छ । त्यही कारण पनि सबैभन्दा बढी शंकास्पद कारोबार यहीँ देखिएको छ ।

गो–एमएल प्रणालीमा गएपछि धेरै कुरा समेटिएको देखिन्छ । तर, आर्थिक गतिविधि बढेसँगै अन्य अपराध पनि बढ्दै गएको देखिन्छ । त्यसले पनि संख्या बढेको हो भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । बैंक तथा वित्तीय संस्थाहरुले एउटा सीमा नाघेपछि कारोबारबारे इकाइलाई जानकारी गराउँछन् । उनीहरुले कुल १६ लाख ९८ हजार ३९८ वटा कारोबारको जानकारी गराएका थिए । त्यसमध्ये ५ हजार ९३५ वटा शंकास्पद कारोबार भेटिएको हो । नेपालको कुल कारोबार, सञ्जाल र कार्यक्षेत्रका आधारमा ठूलो हिस्सा २० वाणिज्य बैंकहरुको देखिन्छ । त्यही कारण पनि सबैभन्दा बढी शंकास्पद कारोबार यहीँ देखिएको छ । वाणिज्य बैंकहरुमा अघिल्लो वर्ष २ हजार ३८० वटा कारोबार भएकामा यसपालि त्यो संख्या ५ हजार १८७ पुगेको छ । बैंकहरुमा शंकास्पद कारोबार तीन वर्षयता ह्वात्तै बढेको देखिन्छ । कारण के हो ?

इकाइका अनुसार सम्पति शुद्धीकरणसँग सम्बन्धित ३ हजार २६६ वटा शंकास्पद कारोबार भएको हो । यसपछि कर कसुर, तस्करीसँग सम्बन्धित संख्या धेरै छ । यसको संख्या १ हजार ६६४ पुगेको देखिन्छ । मोलतोल, विदेशी मुद्रा, बैंकिङसँग सम्बन्धित शंकास्पद कारोबार संख्या ७२५ छ ।

मासिकरुपमा हेर्दा शंकास्पद कारोबार बैंकहरुको क्वाटर इन्ड (त्रैमास) मा हुने गरेको छ । पुसमा ५१० वटा शंकास्पद कारोबार हुँदा माघमा घटेको पाइएको छ । गत माघमा ४१५ वटा शंकास्पद कारोबार भएको तथ्यांक छ । चैतमा फेरि बढेर ७४१ पुगेको, वैशाखमा घटेर ५३९ कारोबार भएको र असारमा फेरि बढेर ७४५ पुगेको प्रतिवेदनमा उल्लेख छ । क्वाटर इन्ड बैंकको ब्याज तिर्नेदेखि सरकारी कर फरफारक गर्ने समय हो । त्यसैले पनि त्यो समयमा अस्वाभाविक कारोबार बढी देखिएको देखिन्छ ।

शंकास्पद कारोबारमध्ये सबैभन्दा धेरै सम्पति शुद्धीकरणसँग सम्बन्धित छ । इकाइका अनुसार सम्पति शुद्धीकरणसँग सम्बन्धित ३ हजार २६६ वटा शंकास्पद कारोबार भएको हो । यसपछि कर कसुर, तस्करीसँग सम्बन्धित संख्या धेरै छ । यसको संख्या १ हजार ६६४ पुगेको देखिन्छ । मोलतोल, विदेशी मुद्रा, बैंकिङसँग सम्बन्धित शंकास्पद कारोबार संख्या ७२५ छ । यस्तै, क्यासिनो र जुवा गतिविधिसँग सम्बन्धित ४२०, फ्रडको ४०१ तथा फर्म, साझेदारी र कम्पनी आबद्धतासँग सम्बन्धित शंकास्पद कारोबार १६५ वटा भएको देखिएको छ । भन्दा फरक पर्दैन ।

इकाइले सबैभन्दा बढी शंका लागेको सम्पति शुद्धीकरणसँग सम्बन्धित कारोबारमध्ये जम्मा ४० वटा मात्र सम्बन्धित विभागलाई अनुसन्धानका लागि पठाएको देखिन्छ । अनुसन्धानका लागि ३१८ वटा प्रहरीलाई, १५२ वटा यातयात, ३२ वटा राजस्व अनुसन्धान विभाग र ५ वटा अख्तियारमा पठाइएको भेटिएको छ ।

इकाइका अनुसार, यातायात, शिक्षा, स्वास्थ, औषधि, घरजग्गा तथा सम्पति बजार, भित्री कारोबार, जालसाँझी, भ्रष्ट्राचार, नागरिकता, पासपोर्टलगायततर्फ पनि ठूलो संख्यामा शंकास्पद कारोबार हुने गरेको देखिन्छ । यसको खोजी जरुरी देखिन्छ ।
कुल शंकास्पद कारोबारमध्ये ६१७ वटा माथि अनुसन्धान गर्न सम्बन्धित निकायलाई पठाइएको इकाइले जनाएको छ । इकाइले कारोबारको विवरण संकलन, विश्लेषणलगायत काम गर्छ । थप अनुसन्धान अन्य निकायले गर्छन् । भन्दा फरक पर्दैन ।इकाइले सबैभन्दा बढी शंका लागेको सम्पति शुद्धीकरणसँग सम्बन्धित कारोबारमध्ये जम्मा ४० वटा मात्र सम्बन्धित विभागलाई अनुसन्धानका लागि पठाएको देखिन्छ । अनुसन्धानका लागि ३१८ वटा प्रहरीलाई, १५२ वटा यातयात, ३२ वटा राजस्व अनुसन्धान विभाग र ५ वटा अख्तियारमा पठाइएको भेटिएको छ । बैकिङ्ग प्रविधिको व्यापक प्रयोगले पनि बैंक र वित्तिय संस्थामा शंकास्पद कारोबार बढेर गएको हो भन्दा अब फरक पर्दैन । सचेत भया ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका