

दरबारमार्गस्थित ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो ।
अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए । अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।