जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लघुवित्त बैकर्स संघ र लघुवित्त कर्मचारी मञ्च बाँकेको आयोजना वित्तीय सचेतना सम्पन्न

लघुवित्त बैकर्स संघ र लघुवित्त कर्मचारी मञ्च बाँकेको आयोजना वित्तीय सचेतना सम्पन्न

नेपाल लघुवित्त बैकर्स संघको सहकार्य र लघुवित्त कर्मचारी मञ्च,कोहलपुर बाँकेको आयोजनामा विश्व वित्तीय जागरण महाअभियान अर्थात ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम चैत ८ गते शुक्रबार सम्पन्न भएको हो ।

हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा देशव्यापी रुपमा ग्लोबल मनी विक मनाइन्छ। यसपालि यो अभियान मार्च १७ देखि २३ सम्म मनाइँदैछ। ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ यो कार्यक्रम मनाउने क्रम जारी रहेको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका निर्देशक तथा विभिन्न लघुवित्त वित्तीय संस्थाबाट बाक्लो उपस्थिती रहेको थियो । आम सर्वसाधारणलाई वित्तीय ज्ञान होस भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको हो ।

अहिलेको युवापुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने गरेका छन्। कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरुले वित्तीय लगानी, बचत लगायतका विषयमा जानकारी दिएका थिए ।

अग्रनाइजेजन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रुपमा यो अभियान सञ्चालन हुँदै आएको छ। यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब ६ करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओईसीडीले जनाएको छ।

1885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका