जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • राष्ट्र बैंक खुला बजार कारोबार कार्यविधि सातौँ संशोधन

राष्ट्र बैंक खुला बजार कारोबार कार्यविधि सातौँ संशोधन

नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा सातौँ संशोधन गरिएको छ। राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधिमा संशोधन गरेको छ। संशोधित कार्यविधि गर्भनर महाप्रसाद अधिकारीले पुस ८ गते स्वीकृत गरेका छन्। यो कार्यविधि २०७८ पुस ६ गतेबाट लागू गरिएको थियो।

मौद्रिक नीतिका उद्देश्य प्राप्ति तथा वित्तीय स्थायित्वका लागि वित्तीय बजारमा ब्याजदर स्थिरता एवं तरलताको वञ्छित सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गरी आवश्यक उपकरणहरु प्रयोग गर्न आवश्यक देखिएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (३) तथा नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौँ संशोधन, २०८१), २०७८ को विनियम ३० ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि तयार गरिएको हो। हाल नियमित तथा संरचनात्मक खुला बजार कारोबारसम्बन्धी व्यवस्था रहेको छ।

2130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

छुटाउनु भयो कि?