

सुनको मूल्य तोलामा एक लाख तीन हजार रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च मूल्यको कीर्तिमानको नजिक पुगेको हो ।
आज कायम भएको सुनको मूल्य २०७७ साउन २३ गतेयता कै उच्च हो । सो दिन एक लाख ३ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ । आइतबार एक लाख एक हजार चार सयमा तेजावी र एक हजार ४१५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।