जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सीएनआईको अध्यक्ष बने वीरेन्द्रराज पाण्डे

सीएनआईको अध्यक्ष बने वीरेन्द्रराज पाण्डे

नेपाल उद्योग परिसंघ(सीएनआई)को अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन्। परिसंघको २२औं साधारण सभाबाट पाण्डे अध्यक्षमा चयन भएका हुन्।

पाण्डे यसअघि परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए। परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ। परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्। परिसंघको गभर्निङ काउन्सिलले वरिष्ठ उपाध्यक्षमा चौधरीलाई चयन गरेको हो। वरिष्ठ उपाध्यक्ष एक वर्षपछि चयन गर्ने परम्परालाई परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले हटाएका छन्।

परिसंघको उपाध्यक्षहरुमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी चयन भएका छन्। परिसंघको स्थायी आमन्त्रित सदस्यहरुमा सन्दिप शारडा, विदुषी राणा र प्राची अग्रवाल मनोनित भएका छन्।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका