जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हिमालयन जनरल इन्स्यारेन्सको साधारण सभा सम्पन्न

हिमालयन जनरल इन्स्यारेन्सको साधारण सभा सम्पन्न

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाँउ काठमाडौमा सम्पन्न भएको हो । 

सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।  त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गरेको हो । 

यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गरेको  । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन १५ गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड पुगेको छ ।

3655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?