जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • निफ्राले पायो ५ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति

निफ्राले पायो ५ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति

नेपाल इन्फ्रास्ट्रकचर बैंकले निफ्राले उर्जा ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते बैंकलाई उर्जा ऋणपत्र निष्काशन गर्नको लागि अनुमति प्रदान गरेको हो ।

बैंकले ५ अर्ब बराबरको ५ लाख कित्ता उर्जा ऋणपत्र जारी गर्ने अनुमति पाएको हो । जस मध्ये ३ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने २ लाख कित्ता सर्बसाधारणको लागि निष्काशन हुने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकलेउर्जा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

1460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका