जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एक करोड चेक बाउन्सको उजुरीमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

एक करोड चेक बाउन्सको उजुरीमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

सुन्दर यातायात प्रालिको अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। चेक बाउन्सको उजुरीमा प्रहरीले थापालाई बुधबार कालिमाटी क्षेत्रबाट पक्राउ गरेको हो।

एक करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी थापाविरुद्ध प्रहरीमा परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी सोमेन्द्रसिंह राठौर ले थापा पक्राउ परेको पुष्टि गरे।

थापाविरुद्ध करिब एक महिना अघि नै सो उजुरी परेको थियो। अनुसन्धानका सिलसिलामा थापा पक्राउ परेका हुन्।
9020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका