जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनआईसी एशिया र एनएमबी बैंकबीच बाध्यकारी मर्जर यसरी हुँदैछ ?

एनआईसी एशिया र एनएमबी बैंकबीच बाध्यकारी मर्जर यसरी हुँदैछ ?

एनएमबी बैंक र एनआईसी एशिया बैंकबीच बाध्यकारी मर्जर भए अचम्म मान्नु पर्दैन । यी दुई बैंकलाई फेस होल्डिङ्गको आधारमा बाध्यकारी मर्जर गराउने राष्ट्र बैंकको पछिल्लो तयारी यस्तो छ ।

नेपाल राष्ट्र बैंकले ठूला महत्वपूर्ण बैंक एनआईसी एशिया बैंक र एनएमबी बैंक लिमिटेडलाई धुमाउरो पाराबाट मर्जर गर्ने उपायको खोजीमा रहेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले गत वर्ष नै २७ वटै वाणिज्य बैंकलाई पत्राचार गर्दै ०.१ प्रतिशत भन्दा बढि शेयर भएका व्यक्ति र फर्महरुको विवरण बुझाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैंक उच्च स्रोत सन्दछः– हामीले फेरि पनि सबै बैंक संग विवरण माग गरिसकेका छौं । १ भन्दा बढिको शेयर भएकाहरुलाई मर्जरको निर्देशन दिने तयारीमा छौं । विगतमा राष्ट्र बैंकले दोहोरो शेयर कै कारण एशिया बैंक र एनआईसी बैंकलाई मर्जर गराएर एनआईसी एशिया बैंक बनाएरको थियो ।

राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीेले आर्थिक बजार न्यूज डटकमसंग भने यस पटक संख्या घट्ने छ । हामीले निश्चित प्रतिशत भन्दा बढि रकम क्रस होल्डिङ्ग भएका बैकहरुलाई बाध्यकारी मर्जरमा लैजाने निर्देशन नै जारी गर्ने पक्षमा छौ नि ।

उनीको शब्द सापटी लिने हो भने एनएमबी बैंक र एनआईसी एशिया बैंकबीच मर्जर भए अचम्म मान्नु पर्दैन । यदि राष्ट्र बैंकले क्रम होल्डिङ्ग भएका बैंकहरुलाई साच्चै मर्जर गराउन खोजिएको हो भने यी दुई ठुला र दरिला बैंक एनएमबी बैंक र एनआईसी एशिया बैंक बाध्यकारी मर्जरको पहिलो शिकार हुने देखिन्छ ।

तर, यी बैंक मर्जर गर्न ढुङ्गाको चिउरा चपाउन सरह हुने बैंकरहरुको बुझाई छ । नेपाली बजारमा यति धेरै बैंक र वित्तिय संस्थाहरुमा ०.१ भन्दा बढि शेयरको क्रस होल्डिङ्ग देखिन्छ । एनआईसी एशिया बैंक र एनएमबी बैंकमा व्यवसायिक घराना ग्रुप विशाल गु्रप र गोल्यान ग्रुपको उच्च लगानी छ भन्दा अब चाहि फरक पर्दैन ।

नेपालका वाणिज्य बैंकहरुमा धेरै शाखा सञ्चाल एनर्आसी एशिया बैंकको छ भने ३ पटक विदेशबाट कर्जा ल्याउने पहिलो बैंक हो एनएमबी बैंक । यी दुबै बैंक आफैमा राम्रा छन् र ठूला बैंक पनि हुन् ।

दुवै व्यवसायिक घरानाको आधिकारिक वेवसाइटमा भनिएको छ । हाम्रो लगानी एनआईसी र एनएमबि बैंकमा छ एनआईसी एशिया बैंकमा विशाल ग्रुपका उपाध्यक्ष तुलसी अग्रवाल एनआईसी एशिया बैंकमा अध्यक्ष छन् ।
बिशाल ग्रुपका अध्यक्ष जगदिश अग्रवाल तथा उपाध्यक्ष त्रिलोक अग्रवाल बैंकको संचालक समितिमा छन् । बैंकमा विशाल ग्रुपको बहुमत सेयर देखिन्छ ।

एनएमबि बैंकमा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान अध्यक्ष छन् । एनएमबि बैंकमा विदेशी लगानीकर्ताको सेयर छ । सेयर अनुपातको हिसाबले सबैभन्दा ठूलो सेयरधनी नेदरल्याण्डको एफएमओ कम्पनी हो । जसको बैंकमा १७ प्रतिशत भन्दा बढि देखिन्छ ।

दोस्रो सेयरधनी कर्मचारी संचय कोष हो । जसको सेयर ६.८६ प्रतिशत छ । मलेसियाको योङ लियन कम्पनीको नाममा ५.२३ प्रतिशत सेयर देखिन्छ ।
अध्यक्ष पवन गोल्यानको एनएमबिमा १.१५ प्रतिशत सेयर रहेको छ । बिशाल ग्रुपका प्रवन्ध निर्देशक अशोककुमार अग्रवालको नाममा एनएमबि बैंकमा ०.५ प्रतिशत सेयर रहेको देखिन्छ । यत्तिमात्रै होइन जुवाडे उद्योगपति एवं विशाल ग्रुपका सञ्चालक रामचन्द्र संघाईको एनएमबी बैंकमा ०.६ प्रतिशत शेयर छ ।

एनआईसीले प्रकाशित गरेको विवरण अनुसार गोल्यान ग्रुपका बासुदेव गोल्यानको नाममा २.२२ प्रतिशत सेयर रहेको देखिन्छ । यी र यस्तै कारणले राष्ट्र बैंकले क्रश होल्डिङ भएका संस्थालाई मर्जर गराउन खोजेको हो । यी कारणले एनआइसी एशिया र एनएमबि बैंक पहिलो बाध्यकारी मर्जरको निशानामा पर्ने निश्चित छ ।

यी दुई बैंक गाभिए भने बैंकिङ बजारको १० प्रतिशतभन्दा बढी हिस्सा होल्ड गर्छन् । एउटा संस्थाले १० प्रतिशतभन्दा बढी बजार हिस्सा हुनुलाई राम्रो मानिँदैन । टू बिग टू फेल र मोनोपोली दुबैको खतरा बढेर जाने प्रस्टै देखिन्छ । तरपनि राष्ट्र बैंक बाध्यकारी मर्जर गर्न लागेको देखिन्छ ।

यी दुई बैंक गाभिए भने ४ खर्ब रुपैयाँभन्दा बढी निक्षेप हुन्छ । जुन बैंकहरुको कूल निक्षेपको १४ प्रतिशत भन्दा बढि हो । १४ प्रतिशत भन्दा बढि यसले नेपाली वित्तिय बजारमा कस्तो असर पर्ने हो । त्यो हेर्न जरुरी छ ।
नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक र एनएमबी बैंकलाई क्रम होल्डीङ्गको आधार मान्दै बाध्यकारी मर्जर ग¥यो भने

सबै कुरामा यी बैंक नै ठूला हुने छन् भने आधा बजार हिस्सा उनीहरुकै कब्जामा हुनेछ ।
राष्ट्र बैंकको बुझाई छ । एनआईसी एशिया र एनएमबी मर्जर गराएर एउटै समूह र व्यक्तिको लगानी भएका अरु बैंक स्वतः बाध्यकारी मर्जरमा जाने छन् । सचेत भया ।

14725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका