

सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आव २०७६/७७ मा बीमितलाई दिने बोनस दर बढाएको छ ।
इन्स्योरेन्सले २०७५/७५ को तुलनामा आव २०७६/७७ को लागि बीमितलाई दिने बोनस दर ५ रुपैयाँले बढाएको हो ।इन्स्योरेन्सले आर्थिक २०७५/७६ मा बीमितलाई प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर कायम गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा भने इन्स्योरेन्सले बीमितलाई प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार बीमितले२०७६/७७ माअधिकतम प्रति हजार ७० रुपैयाँदेखि न्यूनतम २० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् ।
कम्पनीले २०७६/७७(जुलाई २०१९ देखि १५ जुलाई २०२०)सम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुका लागि नयाँ बोनस दर घोषणा गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर)बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ ।
सावधिक जीवन बीमा योजना (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
यस्तै, त्रिपल सावधिक बीमा योजना कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर दिने भएको छ ।
यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमितले प्रतिह हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनाामा प्रतिह जार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि ५४ रुपैयाँ र अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम २३ रुपैयाँसम्म बोनस दर कायम भएको छ ।
उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि यही बोनस दर कायम हुने छ ।