जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकका ग्राहकले होटल ड फ्लेमिङ्गोमा छुट पाउने

प्रभु बैंकका ग्राहकले होटल ड फ्लेमिङ्गोमा छुट पाउने

 प्रभु बैंक लिमिटेड र होटल ड फ्लेमिङ्गो प्रालिका बिच होटल ड फ्लेमिङ्गोमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र होटल ड फ्लेमिङ्गो प्रा.लि.का तर्फबाट निर्देशक  दिलीप गौचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र होटल ड फ्लेमिङ्गो प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल ड फ्लेमिङ्गो प्रा.लि.द्धारा सञ्चालित होटलमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।    

साे सम्झौता अन्तर्गत होटल ड फ्लेमिङ्गो प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ड फ्लेमिङ्गो प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

2545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका