जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लुम्बिनी विकास बैंकको खुद नाफा ५५.६९ प्रतिशतले बृद्धि, प्रति सेयर आम्दानी कति?

लुम्बिनी विकास बैंकको खुद नाफा ५५.६९ प्रतिशतले बृद्धि, प्रति सेयर आम्दानी कति?

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को चोथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा ६७ करोड ५६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक को सोही अवदीमा ४३ करोड ३९ लाख आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ५५.६९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ४७ करोड ९२ लाख रहेको छ ।

बैंकले ४२ अर्ब ८७ करोड निक्षेप संकलन गरेर ३८ अर्ब ८ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ३७ करोड निक्षेप संकलन गरेर २९ अर्ब ६७ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ९७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २१ करोड रहेको थियो । खुद व्याज आम्दानी ३० प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी सञ्चालन मुनाफा ९७ करोड ३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड ६३ लाख रहेको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै निष्कृय कर्जा घटेपछि बैंकको नाफा उल्लेख्य बृद्धि भएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २८ करोड रहेको छ । जगेडा कोषमा २ अर्ब ५ करोड छ भने कम्पनीको संचित नाफा ४७ करोड ९२ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ गत आर्थिक वर्षमा २.१७ प्रतिशत रहेको थियो । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात ११.७७ प्रतिशत, कोषकोलागत ९.२८ प्रतिशत र सिडि रेसियो ८९.२१ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २०.५७ रहेको छ भने गत आर्थिक वर्षमा १४.९३ रहेको थियो । त्यसैगरी नेटवर्थ रु १७७.१९ रहेको छ भने मुल्य आम्दानी अनुपात १६.५८गुणा रहेको छ ।

2765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका