जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारणको हिस्सा अब ६०/४०%

प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारणको हिस्सा अब ६०/४०%

प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधरणको सेयर संरचना परिवर्तन भएको छ। बीमा समितिको स्वीकृतिपछि इन्स्योरेन्सले १४ औं वार्षिक साधारणसभाबाट विद्यमान सेयर संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। 

सेयर संरचना परिवर्तनपछि इन्स्योरेन्सको संस्थापक सेयरको हिस्सा ६० प्रतिशत र सर्वसाधारण सेयरको हिस्सा ४० प्रतिशत कायम हुनेछ। यसअघि इन्स्योरेन्समा सर्वसाधारणको ७० प्रतिशत र संस्थापकको ३० प्रतिशत हिस्सा थियो। 

संरचना परिवर्तन गर्न संस्थापकतर्फका केही कित्ता साधारणमा रुपान्तरण हुनेछ। यसैबीच कम्पनीले आफ्नो सेयर परिवर्तन गर्न नचाहेमा वा गर्न इच्छा नभएमा सूचना प्रकाशित भएको ७ दिनभित्र लिखित जानकारी गराउन पनि संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ।  

तोकिएको समायावधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धी जानकारी प्राप्त नभए प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा रुपान्तरण गरिने प्राइम लाइफले जनाएको छ।

3345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका