जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एक्सेल डेभलपमेण्ट बैंकको १२.६३ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

एक्सेल डेभलपमेण्ट बैंकको १२.६३ प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत

एक्सेल डेभलपमेण्ट बैंकले प्रस्ताव गरेको गत  कुल १२ दशमलव ६३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड १९ लाख २१ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरणका लागि आगामी साधारण सभामा प्रस्ताव पारित गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

कम्पनीको यस वर्षको लाभांश हालसम्मकै कम रहेको छ । विगतका वर्षहरुमा ५२ दशमलव ६४ प्रतिशतसम्म लाभांश दिएको कम्पनीले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष ०६९/७० को सञ्चित मुनाफाबाट कम्पनीले हालसम्मकै सर्वाधिक ५० प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६४ प्रतिशत लाभांश दिएको थियो ।

अघिल्ला पाँच आर्थिक वर्षको लाभांश वितरणको इतिहासलाई हेर्दा पनि कम्नपीले ३१ दशमलव ७ प्रतिशत सम्म लाभांश दिएको थियो । गत वर्ष पनि कम्पनीले कुल १८ प्रतिशत लाभांश वितरण गरेको थियो । १७ दशमलव १ प्रतिशत बोनस शेयर सँगै कर प्रयोजनका लागि शून्य दशमलव ९ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।

 

6525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका