जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • धरान उपमहानगरमा पनि चल्यो ‘लौरो’, नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

धरान उपमहानगरमा पनि चल्यो ‘लौरो’, नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क राज राई निर्वाचित भएका छन्। ‘लोरो’ चुनाव चिह्न पाएका राई २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत ल्याएका छन् भने तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरेकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश कुमार शाक्यले १ हजार ४८८ मत ल्याए।

यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघा विजयी भए। उनी २० हजार ५१० मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम प्रसाद लिम्वुले १७ हजार ६०६ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवार दत्त कुमार लिम्बुले ४ हजार १२९ मत ल्याए भने राप्रपाकी पुर्णमाया राईले २ हजार २३७ मत पाइन्।

6655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका