जोडिनुहोस
सोमवार, माघ २०, २०८२
सोमवार, माघ २०, २०८२
  • होमपेज
  • सेन्चुरी कमर्शियल बैंकको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

सेन्चुरी कमर्शियल बैंकको २२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

सेन्चुरी कमर्शियल बैंकको झन्डै २३ लाख कित्ता संस्थापक  शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २२ लाख ९७ हजार ६ सय ८३ दशमलव ८८ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । 

शेयर परिणत भएसंगै कम्पनीमा संस्थापक र सर्वसाधारण समुहको शेयर अनुपात ५१:४९ कायम भएको छ । कम्पनीको साधारणले पारित गरेको प्रस्ताव अनुसार कम्पनीको शेयर संरचना परिवर्तन गरिएको हो ।

कम्पनीको पुस ३० गते सम्पन्न साधारणसभाले ‘संस्थापक शेयरधनी समुहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन गर्ने बैंकको संचालक समितिको मिति २०७८/०२/२४ गते बसेको ३४० औं बैंठकको निर्णयलाई अनुमोदन गर्ने ।’ प्रस्ताव पारित गरेको थियो । 

7140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका