जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१

समाचार

के हो सीमा विवाद ?

के हो सीमा विवाद ?

अहिले भारतले औपचारिक रुपमै कालापानीलाई आफ्नो नक्शामा राख्यो भनेर हामी सबैको रगत उम्लीएको देखिन्छ अनी जुर्मुराएको देखिन्छ। यसरी सरोकारको बिषयमा केही जानकारी शेयर गर्ने जमर्को गरियो:
के हो कालापानी?
कालापानी नेपालको सुदुर पश्चिम क्षेत्र दार्चुला जिल्लाबाट भारतको उत्तराखण्डमा पिथोरागढ जिल्लासंग जोडिएकको सिमाक्षेत्रको नेपाली जमिन हो जुन जमिन भारतले भारतको पिथोरागढ जिल्ला को क्षेत्र हो भनेर भन्दै आएको थियो भने हामीले कालापानी हाम्रो दार्चुला जिल्लाको क्षेत्र भन्छौ। यसबाट 17 KM मा लिपुलेक पास हुदै तिब्बत पुगीन्छ। यो लगभग 38 Sq.KM क्षेत्र छ। कालापानी-लिपुलेक गरी लभगभ 62 Sq.KM. क्षेत्र छ।

बिबाद के हो?
सुगौली सन्धि अनुसार नेपालले आफ्नो धेरै भुभाग गुमाउदा पनी उक्त सन्धि अनुसार कालापानी क्षेत्र नेपाल मै रहेको थियो तर 1962 मा भारत चिनको  सिमा बिबाद पछि भारतीय आर्मीले यहां आफ्नो आर्मी क्याम्प खडा गरेर सिमा रक्षा प्रयोजनका साथ अड्डा जमाउदै आएको छ। यसरी 1962 बाटै भारतले कब्जा जमाएर बसेको क्षेत्रमा 1997 सम्म नेपाल मौन रह्यो र यो सम्बन्धी बिबाद 1998 मा आएर नेपालले यो नेपालको भुमिमा किन भारतिय कब्जा भनेर प्रश्न खडा गर्यो।

नेपालको तर्क छ कि लिपु गाढ काली नदिको अंश हो र काली नदि संगै लिपु गाढ क्षेत्र नेपालको अभिन्न अंश हो त्यस्तै भारतिय तर्क रह्यो कि 1830 देखि नै कालापानी भारतको पहिले अल्मोडा अहिलेको पिथोरागढ जिल्लाको क्षेत्रको रुपमा छ। लिपु गाढ पछि मात्रै काली नदि शुरु हुन्छ र त्यो क्षेत्र भारत कै हो भन्ने दलील भारतको छ।  सन 2015 मा मोदि र XI बिचको सम्झौतामा  लिपुलेखलाई भारत र चाईना बिचको ब्यापार सम्बन्धको रुटमा बिकास गर्ने सम्झौता भयो। नेपाल सरकारको हल्का आपत्ती मात्रै रह्यो।
यो बिबाद सम्बन्धमा आपसी छलफल बाट टुङ्गो लाउने सहमति दुबै देशको सरकार बिच रहेको तर अहिले एकतर्फि रुपमा उक्त भुगागलाई समेत देशको नक्शामा समाहित गरेर भारतले जारी गरेको कारण बिबाद बल्झिएको छ।

सन् 1962 मा अतिक्रमण गरी पूर्णतः आफ्नो कब्जामा लिएको साविक व्यास प्रगन्ना अन्तर्गतका कुटी, नावी, गुन्जी, तुल्सीन्युउराङ (नक्कली कालापानी), छाङरु, टिंकरलगायतका वस्तीहरुमध्ये भारतले कुटी, नाभी, गुन्जी र तुलसीनिउराङ अतिक्रमण गरी नेपालको 372.37 हेक्टर जमिन कब्जा गरेकोे छ भनीन्छ । ती क्षेत्रहरुमा हाल पनि भारतको ‘इन्डोतिब्बतियन बोर्डर पुलिस’ नामक अद्र्धसैनिक बल हजारौंको संख्यामा खुला मैदान र बङ्करमा तैनाथ छन् । उक्त अतिक्रमित भूमि फिर्ता गराउनको लागि नेपालको तर्फबाट दशकौंदेखि नेपाली जनता खास गरेर देशभक्त, प्रगतिशील तथा उक्त विषयका विषय विज्ञहरु र आम जनताले संघर्ष गर्दै आइरहेका छन् ।

के कस्ता छन् समस्याहरु?
नेपाल सरकारले 1816 को सुगौली सन्धीका प्राबधानहरु टेकेर भारत संग छलफल गर्नु पर्ने हुन्छ। नेपालले आफ्नो भुमि किन यसरी भारतिय सैनिकलाई बर्षौ देखि प्रयोग गर्न छोडेर चुपचाप बस्यो?? यो भन्दा पहिले जारी भारतको नक्शामा कालापनीलाई आफ्नो देशको नक्शामा समावेश गरेको छ कि छैन? नेपाल र भारत आपसमा 1,800 KM जति सिमा क्षेत्र खुल्ला सिमाको रुपमा प्रयोग गरि रहेका छ र यस्तो सिमामा भारतीय सिमा सुरक्षा बलले हाम्रा सिमाका पिलरहरुलाई  सारिदिने या फालिदिने कैयौ घटनाहरुमा स्थानियहरु जुध्न जांदा पिटाई खाएर फर्केका घटनाहरु कति छन कति; सिमाक्षेत्रमा बस्ने नेपाली नागरीक लाई सोधौ।

किन सरकार मौन रहन्छ? सानातिना कुरामा देशभक्तिको टिका पहीरिन खोज्ने नेताहरुलाई राम्रै जानकारी छ; नेपाल स्थीत भारतिय दुताबासले कति interfare गर्छ? किन हामी सहन्छौ?? हाम्रो संबिधान निर्माण या आन्तरिक मामिलामा हाम्रै नेताहरु कति भारतिय नेताहरुको मुख ताक्छन र किन?? देशमा मदन भण्डारि मारिए कुनै अत्तो पत्तो भएन। राजदरबारभित्र यति ठूलो हत्याकाण्ड कस्ले प्रायोजन गर्यो?? किन यीनी प्रश्नहरु अनुत्तरित छन?? यस्ता धेरै प्रश्नहरुको जवाफ अब एकै साथ खोजौ अनी बल्ल राष्ट्रियता रक्षामा हामी खरो उत्रिन सक्दछौ नत्र यो बिषयमा FB, Twiter मा भनाई राखेर, नेपाल भित्रै 2,4 ठाउमा अलीकति जमात बनाई उफ्रेर हामी हाम्रो राष्ट्रियता रक्षा गर्न कसरी सक्छौ? सबै यीनी बिषयमा छलफल र मनन हुनुपर्छ।

के हो बास्तविकता?
हामीहरुले नेपालको सीमा दाबी गर्ने क्रममा  प्रमाणहरु जुटाउनु आवश्यक पनी हुनसक्छ । मौखिक कुराले मात्र प्रमाणहरु जुट्न सक्दैन । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भनी कसरी प्रमाण पुर्याउने ? सामान्य आँखाले हेर्दा कालापानी लगाएतका ठाउँमा भारतीय सेना मुकाम जमाएर बसेको छ । लिम्पियाधुरा लगायतका भूभागहरु छिमेकी देशको नयाँ नक्सामा देखाइएको छ । सुस्ता लगायतका ठाउँहरुमा सीमा स्तम्भ नै उखेलिएर फ्याँकिएको छ । अन्य ठाउँहरुमा सीमानामा रहेका नदीहरुले धार परिवर्तन गरेका छन् । यी र यस्ता आँखाले देखिने भौतिक प्रमाणका साक्षी स्थानीय जनता पनि छन् ।

तर लिखत प्रमाणहरुको खोजी गर्नु   पर्यो भने सन् 1827 मा ‘सर्भे अफ इन्डिया’ले बनाएको नक्शा, सन् 1853 को ‘सर्भे अफ इन्डिया’ले बनाएको अर्को नक्शा । यी सबैले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालका हुन् भनेर प्रमाणित गर्दछन् ।

छिमेकीको हिसाबले चिनिया बुझाई पनी कालापानी लिपुलेक क्षेत्र नेपाल कै हो भन्ने देखिन्छ।  सन 1974 मा चीनको स्वशासित क्षेत्र तिब्बत टुक्र्याउने अभियानअन्तर्गत चालिएको खम्पा विद्रोहलाई यही लिपुलेक भन्ज्यांगमा विद्रोही गेवाङ्दीलाई नेपाली सेनाले यसै क्षेत्रमा मारेर गुन लगाएको चिनियाँहरुले शायद बिर्सने छैनन् । नोभेम्बर 2001 मा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता झाङ कियूले कालापानीबारे चिनियाँ जानकारीमा रहेको बताएको र मरिचमान सिंह प्रधानमन्त्री भएको अवस्थामा पनि भारतले कालापानीलाई चीन जोड्ने व्यापारिक नाका बनाउने प्रस्ताव राख्दा चीनले कालापानी नेपालको हो भनेपछि भारत नाजबाफ भएको थियो ।

त्यस्तै सन् 2005 मा चिनियाँ प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच सम्झौताको खण्ड ५ को दफा ‘बी’ मा लिपुलेक भन्ज्याङलाई ‘सैनिक भेटघाट विन्दु’ बनाउने सहमतिको विरुद्ध व्यापक कुरा उठेपछि 10 मे 2005 मा परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतावासमार्फत् नेपाललाई जानकारी गराएको भनी ‘भारत–चीनबीच उक्त सम्झौतामा कालापानीबारे कुनै सरोकार नरहेको’ उल्लेख गरिएको थियो । यसबाट के स्पष्ट हुन्छ भने, चिनियाँ दृष्टिकोण लिम्पियाधुरादेखि पूर्व तुलसीन्युराङ (नक्कली कालापानी) हुँदै लिपुलेकसम्मको भारतीय अतिक्रमणमा परेको 372.37 वर्ग किमि भूमि नेपालको सार्वभौमसत्तासम्पन्न हो भन्ने कुरामा स्पष्ट गर्दै आएको छ ।

सुगौली सन्धिमा नेपालको पश्चिमी सिमाना काली नदी भनी उल्लेख गरिएको छ । पुरानो नक्शामा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनिएको छ । यो वास्तविक काली नदीलाई सीमा मान्दा त्यो भन्दा पूर्व कालापानी पर्छ र कालीपानी भन्दा पनि पूर्व लिपुलेक भञ्जाङ पर्दछ । त्यसैले काली नदी पूर्वको त्यो ठूलो पहाडी भूभाग नेपालमा पर्दछ । तर भारतले काली नदी भन्दा धेरै पूर्व काली देवीको सानो मन्दिर बनाएको छ । त्यहाँबाट एउटा सानो सोता निस्किएको छ । भारतले यसैलाई काली नदी हो भनी व्याख्या गर्ने गरेको छ । यो गलत व्याख्या गर्दै नेपालको 37 हजार हेक्टर भूभाग भारतले अतिक्रमण गरेको छ । भारतसंग जोडिएका नेपालका 26 जिल्ला मा 23 जिल्लाहरुमा सानो ठूलो भुभाग भारतिय अतिक्रमणमा परेको छ जो लभभग 60,600 हेक्टर जमिन हुन्छ भन्ने आकलन छ। कति भुभाग रणनैतिक रुपमा अतिक्रमण गरिएका छन भने कति भुभाग त सिमा सुरक्षा बल या सिमामा रहेका भारतियहरु बाट बलमिचाई कै भरमा भएका छन। सिमा रक्षा सम्बन्धी नेपालको व्यवस्था, बुझाई तथा दृढता कमजोर नै देखिन्छ।

के गर्नु पर्छ?
राष्ट्रियताको हकमा हरेक पार्टि र हरेक नागरिकको एक मत र एक धारणा बनाई भारतसंग सरकारको स्तरमा बसेर छलफल गरौं;  भारतले सहजै मान्दैन भने अन्तराष्ट्रिय स्तरमा यो मुद्दा लिएर जांउ अनी नमानी सुखै छैन। कुटनैतिक issue हरुलाई कुटनैतिक तवरले नै समाधानमा लिनु पर्छ। आबेशमा आएर, एक अर्कालाई गाली गरेर, झण्डा जलाएर समस्या समाधान हुदैन; तथ्यपरक हुदै एक ढिक्का भएर भारतसंग पहिला कुरा गर्ने र फेरि नबिल्झिने गरि यस्ता बिबादहरु प्रष्ट पार्ने यसरो सम्भब नभए अन्तराष्ट्रिय स्तर मै मुद्दा र बिबादको उठान गरी भारतलाई झुकाउनै पर्छ। बिबादित स्थानहरुमा हामीले पनी सिमा सुरक्षाको लागी सैनीकहरु प्रयोग गर्नु परे गर्नु पर्छ। भिडन्त र छिमेकी संग सम्बन्धमा तिक्तता हाम्रो लागी सहज हुदैनन तर राष्ट्र र राष्ट्रियताको सवालमा अहिलेको मजबुत दुई तिहाईको सरकार चट्टान झै खडा हुनुपर्छ।

खुट्टा कमाउनु हुदैन, नाकाबन्दिको बेला जिद्दि गरेर कमाएको राष्ट्रियताको आर्जनले त दुई तिहाई जनताले दिएर पठाए भने यस्ता मुद्दाहरुमा  सरकार निर्भीक भएर अघि बढोस, जनताहरुले शरताज बनाएर राख्ने छन। नागरिकहरु जुर्मुराएका छन्, बिधार्थी संगठनहरुले मोर्चा अगाडी बढाईसके, सत्तापक्ष र प्रतापक्षको बुझाई एउटै भएको छ यसै बेला  हिक्मत गरौ, कुटनैतिक पहल गरि बिवादलाई सधैको लागी समाधान गरौ। लालपुर्जा हातमा बोकेर आफ्नै जमिनमा भारतिय सैनीकहरुले परेड खेलेको कुनै नेपाली नागरिकले हेर्नु नपरोस। कालापानी मात्र होईन भारतबाट अतिक्रमण गरिको सम्पुर्ण 60,600 हेक्टर देशको जमीन र चाईना तिरबाट चारवटा जिल्लाका भएको  केहि हेक्टर जमिन अतिक्रमणको सर्भै एकसाथ गरौ, पहल गरौ अनी एकपटक समाधान भईसके पश्चात सिमा सुरक्षाको प्रष्ट निति र व्यबस्थान गरेर सरकार अझि बढोस ताकी सिमानामा बस्ने नागरिकले पिडा भोग्नु नपरोस, नेपालको एक इन्च जमिनमा गिद्दे दृष्टि लगाउने आंट कुनै छिमेकीले नगरोस। नागरिकको साथ छ।
जय होस,शुभ होस!!

14135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका