औरही नगरपालिका १ औरहीस्थित सडकबाट श्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका २ बस्ने २१ वर्षीय धिरज कुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।