जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआइसी एशियाको ‘सुपर चमत्कारिक कर्जा’ को सम्पुर्ण कारोबार अनलाईमार्फत्

एनआइसी एशियाको ‘सुपर चमत्कारिक कर्जा’ को सम्पुर्ण कारोबार अनलाईमार्फत्

एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक कर्जा’बाट कर्जाको ब्याज तथा किस्ता रकममा पाउन सकिने मासिक तथा वार्षिक फाइदाहरू ‘लोन वेनिफिट क्याल्कुलेटर’बाट हेर्न सकिने व्यवस्था गरेको छ ।

बैंकले यसअघि वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरूल सहत ‘सुपर चमत्कारिक कर्जा’ कर्जा योजाना ल्याएको थियो ।

सो योजनामा उत्साहपूर्ण ग्राहकको सहभागिता भइरहेको बैंकले जनाएको छ । योजनामा जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ । सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ ।

कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत योजनामा छन् । जसको जानकारी ग्राहकले बैंकको वेबसाइटमा ‘लोन बेनिफिट क्याल्कुलेटर’मा गएर वर्तमान अवस्थामा आफूले उपभोग गर्दै आएको कर्जाको तुलना सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिने बैंकको दावी छ ।

बैंककाअनुसार सो ‘लोन बेनिफिट क्याल्कुलेटर’मा चाहिने विवरणहरू हुन्छ । जस्तैः अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपछि सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिने बैंकले बताएको छ ।

बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्नसक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिएअनुसारे वेबसाइटबाटै कर्जाको आवेदन दिनसक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्टाटस समेत आफै ट्र्याक गर्न सक्ने जनाइएको छ ।

हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ ।

6940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?