जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको मोबाइल एपबाटै भारतपे, पेटीएमदेखि गुगल पेमा भुक्तानी गर्न मिल्ने

ग्लोबल आइएमई बैंकको मोबाइल एपबाटै भारतपे, पेटीएमदेखि गुगल पेमा भुक्तानी गर्न मिल्ने

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतपे, पेटीएमसहित गुगल पेलगायतका भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न मिल्ने भएको छ। 

बैंकले नेपाल-भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्न गेटवे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार अब बैंकको मोबाइल बैंकिङ एपबाटै भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने बैंकले जनाएको छ। 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्। 

सेवा संचालनमा आएपछि उक्त सुविधा उपयोग गर्दै नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुने बैंकले जनाएको छ। 
भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा भारतपे, पेटीएम, गुगल पे लगायतबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिने बताइएको छ।

साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। 

त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आइएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्ने छन्। यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिने विश्वास बैंकको छ।

5320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका