जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कोषाध्यक्ष पदका लागि एफएनसीसीआई अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच रस्साकस्सी

कोषाध्यक्ष पदका लागि एफएनसीसीआई अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच रस्साकस्सी

सहमतिका लागि एक दिन सारिएको नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदको निर्वाचन सोमबार हुने भएको छ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत रुपमा कोषाध्यक्ष चयन गर्ने प्रस्तावपछि सोमबारसम्मका लागि निर्वाचन सारिएको थियो। तर कोषाध्यक्ष पदका चार जना आकांक्षीबीच सहमति हुन नसकेपछि केही समयपछि निर्वाचन हुने भएको छ।

ढकालले आइतबार पदाधिकारी र कार्यसमिति सदस्यलाई बसुन्धरास्थित आफ्नो निवासमा वेलकम डिनर दिएका थिए। त्यो डिनरमा सहमति जुटाउने प्रयास गरेका थिए। ढकालले निरक केसीलाई कोषाध्यक्षको प्रस्ताव गरेका थिए। तर वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ समूह केसीलाई कोषाध्यक्षमा ल्याउन सहमत भएन।

केसीको कार्यकाल १८ महिनाको मात्रै भएकाले उनलाई ल्याउन नहुने पक्षमा उनीहरु छन्। श्रेष्ठ समूहबाट कोषाध्यक्षको आकांक्षी प्रबलजंग पाण्डे छन्। ढकालले केसीपछि आधा कार्यकाल पाण्डेलाई दिने गरी सहमतिका लागि प्रस्ताव गरेका थिए।

त्यसमा पाण्डेले असहमति जनाए। पाण्डेले महासंघलाई स्थायित्व दिएर अगाडि बढ्ने भए आधा कार्यकाल बाँड्न नहुने तर्क राखेका छन्। स्रोतका अनुसार अहिले ढकाल पक्षले लाजिम्पाटस्थित होटल ले हिमालयमा कार्यसमिति सदस्यलाई बोलाएर केसीका पक्षमा ‘कन्भिन्स’ गरिरहेको छ।

यो बाहेक पूर्व एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईका तर्फबाट सन्दीप अग्रवाल र चण्डी ढकालका तर्फबाट गोपाल खनाल कोषाध्यक्षका आकांक्षी छन्। स्रोतका अनुसार अन्तिममा दुई उम्मेदवारबीच मात्रै निर्वाचन हुनेछ। केसी एकातिर, अरु सबै अर्कातिर भएकाले निर्वाचन सहज नहुने परिस्थिति बनेको स्रोतको दाबी छ।

3190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?