जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल फाइनान्सको साधारण सभा भदौ २६ गते

नेपाल फाइनान्सको साधारण सभा भदौ २६ गते

नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा भदौ २६ गते हुने भएको छ । कम्पनीको उक्त सभा बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ः १.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय भएकोमा ललितपुर फाइनान्सलाई प्राप्तिपछि कायम चुक्ता पूँजीको १ :०.७० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गरी पारित गर्ने जनाएको छ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभामा लोखा परिक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाहको बारेमा छलफल गर्ने जनाएको छ ।

ललितपुर फाइनान्स कम्पनी प्राप्तिपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० पुगेको छ । ७० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।

2640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?