जोडिनुहोस
मङ्लबार, साउन ५, २०८३
मङ्लबार, साउन ५, २०८३
  • होमपेज
  • मिलन समाज तथा रक्तदान कार्यक्रममा लुम्बिनी विकास बैंकको सहयोग

मिलन समाज तथा रक्तदान कार्यक्रममा लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंक लि.ले आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मिलन समाज, टोखा –०८, मिलनटोल, काठमाडौंमा अवस्थित संस्थालाई मिलन टोल क्षेत्रको सुरक्षाको लागी सहयोग स्वरुप सि.सि टिभि सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ ।

बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेक बहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । निरोज खागीले मिलन टोल क्षेत्रमा सि.सि. टिभि सर्भिलेन्स् सिस्टम जडानको लागी सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताएका छन् ।

उक्त कार्यक्रममा बैंकका टोखा शाखाका शाखा प्रवन्धक निरोज खागीर मिलन समाजको तर्फबाट प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखानगरपालिका वडा नं. ०८ का वडा अध्यक्ष केशवबहादुर खत्री, मिलन समाजका अध्यक्ष टेक बहादुर थापा, उपाध्यक्ष सिता कुमारी भट्टराई वोस्थीलगायत मिलन समाजका सदस्यहरुसहित करिब ७० जनाको उपस्थिति रहेको थियो । मिलन समाज संस्थामा हाल करिब ३०० सदस्य रहेका छन् ।

साथै लुम्बिनी विकास बैंक लि. ले ललितपुर, लामाटार स्थित सिद्घि विनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थालि. ले ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकले रक्तदान जस्तो अमुल्य काम गर्ने दाताहरुलाई “रक्तदान जीवनदान” अकिंत टि–सर्ट प्रदान गरेको छ ।

बैंकले गरेको उक्त कार्यले रक्तदाताहरुलाई थप हौसला पुर्याएको छ ।

6705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका