जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु. ५० लाख सहयोग

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि रु. ५० लाख सहयोग

एनएमबि बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट पीडित बनेकाहरुका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बैंकले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गत कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ।

4220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका