जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

२०७९ साल चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. प्रहरी नायब महानिरीक्षकहरू श्री सन्दिप भण्डारी, श्री सुदिप गिरी, श्री मिरा चौधरी र श्री टेक बहादुर तामाङलाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति र पदस्थापन गर्ने ।

२. नेपाल र गणतन्त्र कजाखस्थानबीच कूटनीतिक/सरकारी/सर्भिस राहदानी बाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

३. नेपाली सेना, सैनिक साधारण सेवाका १ जना सहायक रथीको उपरथी दर्जामा र ९ जना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गर्ने ।

४. लोकसेवा आयोगको सिफारिसबमोजिम ६ जनालाई निजामती सेवाका विभिन्न सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्त गर्ने ।

५. २०२३ अप्रिल १७ देखि २३ सम्म न्यूयोर्कमा आयोजना हुने UN-PFII कार्यक्रममा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।

६. मन्त्रिपरिषद् प्रशासन समितिबाट पेश भएको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका स्वीकृत गर्ने ।

७. कोशी प्रदेश नामाकरणको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा घाइते भई उपचारको
क्रममा मृत्यु भएका तेह्रथुम स्थायी ठेगाना भएका पदमकुमार लिम्बुलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने ।

२०७९ साल चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूची संशोधन गर्ने ।

२ . २०८० बैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपिकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिने ।

३. २०८० साल वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एशियाली विकास बैंकको ५६ औं बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने।

४.२०७९ जेठ ९ देखि १२ गतेसम्म मंगोलियामा आयोजना हुने एशियाली उत्पादकत्व संगठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) लाई स्वीकृति दिने ।

५. व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने।

६. कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने ।

७.खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने ।

८. प्रशोधित फोहोर पानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने ।

९. सुपर काबेली खोला क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको २.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

१० .जुम खोला जलविद्युत आयोजनाको लागि गौरिशंकर सरक्षण क्षेत्रको राष्ट्रिय वनको १५.१७२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

११. सुपर कावेली ए जलविद्युत आयोजनाको लागि राष्ट्रिय वन क्षेत्रको २.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१२ . जुगल हिमशृङ्खला अन्तर्गतका हिमचुलीहरू पर्वतारोहणका लागि खुला गर्ने ।

१३ . सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नागरिक उड्डयन मन्त्रालय नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी संगठन (INTERPOL) को झण्डा फहराउने कार्यका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई सगरमाथा हिमालचुली आरोहण अनुमतिका लाग्ने सलामी दस्तुर छुट दिने ।

१४. लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) पद २ मा नियुक्त गरी पदस्थापन गर्ने।

1350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका