जोडिनुहोस
शनिबार, असार १८, २०७९
शनिबार, असार १८, २०७९
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सीइओ युगेशभक्त सम्मानित

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सीइओ युगेशभक्त सम्मानित

नेपाल व्यवस्थापन संघद्वारा होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई Outstanding Management Award 2022 बाट सम्मानित गरेको छ । उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल व्यवस्थापन संघलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

समाहरोहमा श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उक्त अवसरमा श्री श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका