जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक गरेको छ। बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच डिजिटल क्यालेन्डर सार्वजनिक गरिएको हो।

बैंकका अनुसार, परम्परागत रूपमा छापिँदै आएको क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै डिजिटल रूपमै उपलब्ध गराउने उद्देश्यले नयाँ संस्करण सार्वजनिक गरिएको हो। महत्वपूर्ण चाडपर्वहरू, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत र अंग्रेजी संवतका मितिहरू समेत समावेश गरिएको छ।

बैंकले डिजिटल क्यालेन्डर नेपाली संस्कृतिको प्रवर्द्धन र निरन्तरता दिन सहयोगी हुने विश्वास लिएको जनाएको छ। ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट वा उपलब्ध लिङ्कबाट क्यालेन्डर हेर्न र डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।

यससँगै, बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नीति अनुरूप ‘महालक्ष्मी स्मार्ट साथी’ नामक मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको जनाएको छ।

2060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?