जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जेड वर्गमा परेका ज्योति विकास बैंक र सानिमा माई हाइड्रो पूनरावलोकपछि ए वर्गमा परे

जेड वर्गमा परेका ज्योति विकास बैंक र सानिमा माई हाइड्रो पूनरावलोकपछि ए वर्गमा परे

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस अघि जेड वर्गमा परेका दुई कम्पनीलाई पुनरावलोकनपछि ए वर्गमा पारेको छ । नेप्सेले ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ए वर्गमा पारेको  हो ।

यस अघि चैत ६ गते सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्दा यी दुबै कम्पनी जेड वर्गमा परेका थिए । दुबै कम्पनीले जेड वर्गमा पर्नु नपर्ने कारण सहितको दाबी पेश गरेपछि पुनरावलोकन गरी तोकिएको अवधिभित्र रितपूर्वक निवेदन पर्न आएको भन्दै नेप्सेले ए वर्गमा पारेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेले प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गिकरण गर्ने गरेको छ । नेप्सेले विभिन्न प्रावधानहरु पुरा गरेको आधारमा कम्पनीहरुलाई वर्ग ए, बर्ग बी , वर्ग जि र वर्ग जेडमा वर्गिकरण गर्दै आएको छ । नेप्सेले गरेको वर्गिकरणमा परेका कम्पनीहरुले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित पैतिस दिनभित्र दाबी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।  

3585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका