जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अस्पताल सञ्चालन गर्न नेशनल लाईफ र एक एक पाईलाबीच सम्झौता

अस्पताल सञ्चालन गर्न नेशनल लाईफ र एक एक पाईलाबीच सम्झौता

सिन्धुपाल्चोकको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एक एक पाईला फाउण्डेशन संस्थाबिच सम्झौता भएको छ ।

कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ ।

सो अस्पतालको संचालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख आर्थिक सहयोग गर्नेछ । समारोहमा डा सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कम्पनीको तर्फवाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरु देखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउनु हुंदै सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन पाएकोमा खुशी ब्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो । नेपाली स्वयं सेवकहरु कार्यरत रहेको उक्त फाउण्डेशनले स्थानिय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पु¥याइ आएको छ ।

कम्पनीको यस सहयोगवाट १५ सैयाको सामूदायिक अस्पतालको संचालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ ।

5830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका