जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • चार अर्बको ऋणपत्र निकाल्दै सिद्धार्थ बैंक, वार्षिक व्याजदर १०.७५%

चार अर्बको ऋणपत्र निकाल्दै सिद्धार्थ बैंक, वार्षिक व्याजदर १०.७५%

सिद्धार्थ बैंक लिमिटेडले चार अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) जारी गर्ने भएको छ।
ऋणपत्र निष्काशन अनुमतिका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। अनुमति पाएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। यसमध्ये १६ लाख कित्ता सर्वसाधारणलाई र २४ लाख कित्ता सं‌स्थागत प्रत्यक्ष लगानीकर्तालाई बिक्री गर्ने योजना बैंकले बनाएको छ।

‘एसबीएल डिबेन्चर २०८९’ नामको यस ऋणपत्रको परिपक्व अवधि १० वर्ष हुनेछ। अर्थात् ऋणपत्र खरिद गरेको १० वर्षपछि बैंकले लगानीकर्तालाई सावाँ फिर्ता गर्नेछ। १० वर्षसम्मको अवधिबीच भने बैं‌कले डिबेन्चरधनीहरुलाई लगानी गरेको रकममा वार्षिक १०.७५ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ।

समग्र १० वर्षमा लगानीकर्ताले लगानी रकमको १०७.५ प्रतिशत ब्याज आम्दानी गर्नेछन्, अर्थात् लगानी गरेको रकममा दोब्बरभन्दा धेरै भएर फिर्ता हुनेछ।

ऋणपत्रका लगानीकर्तालाई जारीकर्ताले ६-६ महिनामा (अर्धवार्षिक रुपमा) व्याज भुक्तानी गर्ने अभ्यास रहेको छ।

सिद्धार्थ बैंकले यो ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका