जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकहरु चैतसम्मको कर तिर्न तयार

बैंकहरु चैतसम्मको कर तिर्न तयार

सरकार संचालनमै कठिनाई हुने गरी राज्यकोषमा संकट उत्पन्न भएका खबर बाहिरिइरहेको बेला नेपाल बैंकर्स संघले आफ्ना सबै सदस्य बैंकहरुलाई चैत मसान्तसम्मको कर तिर्न आग्रह गरेको छ ।

देशका वाणिज्य बैंकहरुका सीइओहरुको संगठन बैंकर्स संघको बैठकले यस्तो आग्रह गरेको हो ।

संघले आफ्ना सदस्य बैंकहरुलाई चैतसम्म तिर्नुपर्ने कर बुझाएर सरकारलाई सहयोग गर्न आग्रह गरेको एक बैंकरले जानकारी दिए ।

बैठकको यो निर्णयको बिषयमा संघले सबै बैंकहरुलाई पत्र समेत लेखेको छ । पत्रमा कर बुझाएर सरकारलाई सहयोग गर्न आग्रह गरिएको छ ।

सरकारले जेठ २५ गतेभित्र कर बुझाउने तागेता संसोधन गरी असार ७ गतेभित्र बुझाउन भनेको थियो । तर, सर्वोच्चले असार ७ गतेभित्र कर बुझाउने सरकारी तागेता खारेज गर्दै लकडाउन पूर्ण रुपमा खुलेको एकमहिनाभित्र कर बुझाउने व्यवस्था मिलाउन आदेश दिएसँगै सरकार अप्ठ्यारोमा परेको छ ।

सरकारको तर्फबाट सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भ्याकेट हालिएको थियो । तर, त्यसलाई समेत सर्वोच्चले खारेज गरिदिएपछि सरकारको दैनिक कार्यसम्पादन संचालनका लागि स्रोत जुटाउने तनावमा अर्थमन्त्री रहेका छन् । उनैले संघका अध्यक्ष भूवन दाहालसँग सहयोग मागेपछि संघले औपचारिक रुपमै यस्तो निर्णय गरेको एक बैंकरले बताएका छन् ।

8765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका