जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई होटल शारामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई होटल शारामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पोखरामा अवस्थित होटल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन् ।  

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,साउना,स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवाशमा ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।    

5090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका