जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्रियस्तरका ६ विकास बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर

राष्ट्रियस्तरका ६ विकास बैंकले घटाए मुद्दती निक्षेपको ब्याजदर

राष्ट्रियस्तरका विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.२२ विन्दुले घटाएका छन्। विकास बैंकले २०८१ वैशाखमा औसतमा ७.७५ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर जेठका लागि ७.५३ प्रतिशतमा झारेका छन्।

राष्ट्रियस्तरका ८ मध्ये ६ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन्।

सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले भने निक्षेपको ब्याजदर यथावत राखेका छन्।

पछिल्लो केही महिनायता राष्ट्रियस्तरका विकास बैंकले मुद्दतीको ब्याजदर लगातार घटाउँदै आएका छन। चालु आर्थिक वर्ष असोजमा विकास बैंकहरुको मुद्दती निक्षेपको औसत ब्याजदर ९.३६ प्रतिशत थियो। त्यसयता १.८३ प्रतिशत विन्दुले घटिसकेको छ।

क्र.सबैंकनिक्षेपको ब्याजदर (२०८१ जेठ)निक्षेपको ब्याजदर (२०८१ वैशाख)
ज्योति विकास७.५०७.७५
कामना सेवा७.७५७.७५
शाइन रेसुंगा७.५०७.७५
महालक्ष्मी७.५०७.७५
लुम्बिनी७.२५७.७५
गरिमा७.५०७.७५
मुक्तिनाथ७.५०७.७५
सांग्रिला७.७५७.७५
 औसत ७.५३७.७५

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका